पथरीशनिश्चरे , फागुन १० । गत माघ १८ गते रातको समयमा विराट चोकस्थित एक किराना पसलमा चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २१ का रोहित भण्डारी र मेचीनगर नगरपालिका वडा नं.६ बस्ने बर्ष २७ का दिलिप लिम्बू रहेका छन् । उनीहरू दुवैले मोरङको सुन्दर हरैंचा नगरपालिका वडा नं.९ विराट चोकस्थित सूर्य कट्टेलको किराना पसलबाट रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ४९ हजार ८ सय बराबरको रिचार्ज कार्ड र नगद २५ हजारसहित उनीहरुलाई पक्राउ गरेको थियो । दुवैमाथि मोरङको जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्