सुरेश आले ‘सर्जु’,
बिर्तामोड , फागुन १० । बिर्तामोड ९ बद्रीबारी टोलमा हराएका ब्यक्तिको उमेर सय वर्ष पुगेपछि उनको काजकिरिया गरिएको छ ।

बद्रीबारी टोलमा भवानी शंकर पराजुलीको दशगात्र काजकिरिया गरिएको हो । १९९२ सालतिर १५–१६ वर्षको उमेरमा तेह्रथुम आठराई –७ खोक्लाजुङबाट भवानी शंकर पराजुली परदेश हिडेका थिए । तर, हालसम्म पनि फर्किएर नआएको र खोजी गर्दा कही पत्ता नलागेको भवानी शंकरका नाति युवराज पराजुलीले जानकारी दिए ।

हराएको ब्यक्ति सय वर्ष पार गरे कुशको शब बनाई सद्गत गर्ने हिन्दु परम्परा अनुसार सोमबार दिउँसो काका हजुरबुबाको कन्काई नदीमा सद्गत गरिएको उनले बताए । उनले भने, ‘हाम्रा काका हजुरबुबाको आत्माको शान्ति , पितृ उद्धार र पितृ पार तराउनको लागि दशगात्र काजकिरिया गरिएको हो ।’ तेह्र दिनसम्म हिन्दु परम्परा अनुसार सम्पूर्ण सांस्कारिक कर्म गरिने उनले बताए । हराएका भवानीशंकरका भतिजा मित्रलाल पराजुली काजक्रियामा बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्