झापा, फागुन १० । प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा लागेको छ ।

प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन । अरु ६ वटा प्रदेशले नाम तथा स्थायी राजधानी टुङ्गो लगाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्