झापा , फागुन १० । मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधीसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागूऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागूऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको च्क्ष्त् समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा-१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् । उक्त दुईवटा मेडिकलबाट प्रहरीले क्एब्क्एब्क्ष्ब्ल्- द्धद्ध,घठण् चक्की, ब्ल्त्क्ष् प्इँ- ज्ञठ,टद्दण् चक्की, ल्भ्ब्ग्च्क्ष्ल्-ठछ- ज्ञड,ढद्दघ चक्की, एच्भ्-श्-ठछ- ज्ञ,द्दण्ण् चक्की र ब्एब्द्यब्ीक्ष्ल्-ठछ-ज्ञद्ध,टण्ण् चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरुसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्