झापा, फागुन १० । सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका-४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्