बिर्तामोड , फागुन १० । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दतीअन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन् । आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पुरा गर्नका लागि मद्धत गर्न यस योजनाले सहयोग पुग्ने बैंकले बिश्वास लिएको छ ।
त्यस्तै १ को ५ धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुना रकम पाउनेछन् । विशेष गरी साना बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको यस योजनाले भविष्यमा शिक्षाको लागि आवश्यक पर्ने ठूलो रकम जोहो गर्न मद्धत पुग्ने बैंकले बिश्वास लिएको छ । दुवै योजनाको लागि न्यूनतम रकम २५ हजार रहेको छ । साथै बैंकका अन्य बचत तथा मुद्दतीका योजनाहरु जस्तै एक्सेल मुद्दती खातामा ११.६५ प्रतिशत, एक्सेल रेमिट मुद्दती खातामा १२.६५ प्रतिशत, बचत खातामा ८.०५ प्रतिशत र रेमिट बचत खातामा ९.०५ प्रतिशत वार्षिक व्याजदर प्राप्त हुने खाताहरु पनि संचालनमा रहेको बैंकले जानकारी दिएको छ ।