झापा, फागुन ११ । झापाको मेचीनगर नगरपालिका–७ राजमार्गमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु साथै एकजना घाईते भएका छन् ।
हिजो राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर–८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बलबहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका दुबै जनाको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।