झापा , फागुन ११ । मोरङको बिराटनगर महानगरपालिका-१२ बाट ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर-१२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुकी पौने ५ बजे बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउनसुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो । प्रतिवन्धित ब्राउनसुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।