झापा, फागुन १२ । मोरङको जहदा गाऊपालिका-७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाको छोरा रबिन हस्दा पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबेर बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।