झापा , फागुन १३ । सोलुको लिखुपिके गाउँपालिका-५मा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर रहेका छन् । आज बिहानको राती २ बजेको समयमा लिखुपिके-५ बाट एम डि दुगढ हाईड्रो पावर तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ६२८९ नम्वरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्