झापा , फागुन १३ । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-७ मा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन् । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर मृत अवस्थामा निजको आमाले फेला पारेकि थिईन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्