झापा , फागुन १३ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठक यही फागुन १५ गतेसम्मका लागि स्थगित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कणर्ले जानकारी दिए । बैठक आउँदो आइतबार दिउँसो १ बजे बस्ने सूचना आफूहरूले पाएको उनले बताए । बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारूढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि छलफल थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्