कनकाई,फागुन १४ । कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ ले जितेको छ ।

शुक्रबार वडा नंं.३ र वडा नं.५ बीच भएको फाइनल खेलमा १—० गोलको अन्तरले वडा नं. ५ विजयी बनेको हो । विजेता टिमका खेलाडी भीम मगरले खेलको १२ औं मिनटमा गरेको गोल नै निर्णायक बनेको खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमख राजेन्द्र पोखरेलले नगद ५१ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरे । त्यस्तै उपविजेता टिम कनकाईको वडा नं. ३ लाई नगद ३१ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

खेलको म्यान अफ द म्याच विजेता टिमका गोलकर्ता भीम मगर घोषित भए । उनलाई खेल संयोजक उप्रेतीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए । त्यस्तै कनकाई ३ का खेलाडी सनम देवान खेलको म्यान अफ द सिरीज घोषित भए । उनलाई कनकाई नगरपालिकाकी उपप्रमुख प्रसाइँले पुरस्कार वितरण गरेकी थिइन् ।

त्यस अवसरमा यसअघि सम्पन्न कनकाई नगरक्षेत्रको वडास्तरीय कराँते प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्