बिर्तामोड , फागुन १५ । क्षितिज साहित्य प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा एकदिने जिल्लास्तरीय कवि गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. देबी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपालले गुरु कविता वाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा ४५ जना कवि तथा स्रष्टाको सिर्जना राखिएको थियो । क्षितिज साहित्य प्रतिष्ठानका सचिव डिल्लीराम परदेशीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई, पवन राजवंशी, पुण्यप्रसाद सिग्देल, वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए । साथै गीतनृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईं, क्षितिज नाट्य समूहका केन्द्रीय अध्यक्ष माधव कल्पित, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, कोमलप्रसाद पोख्रेल, लोकनाथ पौडेल, जीवनाथ सुवेदी, हस्त परियार, विरही अधिकारी, भगवती ढुङ्गेल, हरिनारायण भट्टराई, टंक विकल्प, कृष्ण सुवेदी निराकार, भवानी गौतम, बिष्णुकुमार भट्टराई, हरिप्रसाद न्यौपाने, भानुभक्त कुभिण्डेली, नारायणप्रसाद भट्टराई, लीला अनमोल, खगिन्द्रा खुशी, मातृकाप्रसाद संग्रौला, खडानन्द गौतम, जयप्रसाद आचार्य, डि बी इलामेली, रघुनाथ रिमाल, हरि बराल, शशिधर भट्टराई ,जय भण्डारी, अभागी थेगुवा, गंगाप्रसाद भट्टराई, बिरेन्द्र बस्नेत, नदी भट्टराई, गीता सुवेदी नेपाल, लक्ष्मीअच्युत ढुङ्गाना, दिपक चापागाईं, राजेन्द्र अधिकारी, देबीप्रसाद दुलाल, झमक तिम्सिना, अर्जुन दुलाल, जयन्द्र जलन चापागाईं, दयानन्द गोस्वामी, दिलबहादुर थापा, खेमनाथ नेपाल, छबिलाल न्यौपाने, उमाकान्त पोख्रेल, पूर्णहाङ जवेगु, प्रशान्त वाग्ले, स्नेह पौडेल ,पवन ढुङ्गेल ,राजेन्द्र घिमिरे, बाबुराम कोइराला, एन बी दहाल, कालीबहादुर थापा, सुस्मिता ढुङ्गाना, राज न्यौपाने, देविका राजवंशी, उत्तरकुमारी रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल र पोखरा युनिभर्सिटीबाट इन्जिनियर कक्षामा नेपालमै सर्वोत्कृष्ट हुन सफल समिन खतिवडालाई सम्मान गरिएको थियो । त्यस अवसरमा शिक्षासेवी तथा समाजसेवी लोकनाथ पौडेलले साहित्य क्षेत्रमा अक्षय कोष निर्माण गर्नको लागि रु २५ हजार प्रदान गरेका थिए । त्यस्तै चित्रा पौडेलले नाट्य विभागलाई रु ५ हजार, सरिता रिजाल र संगीता रिजालले आफ्ना आमा राधा रिजालको स्मृतिमा एकधुर जमिनको मूल्य बराबर रु १ लाख प्रदान गरेका थिए । सरिता रिजाल र संगीता रिजालले सो कार्यक्रम संचालन गर्नको लागि बिर्तामोड २ का वडाध्यक्षमार्फत रु ५० हजार समेत सहयोग दिएका छन् । त्यस्तै चारपाने निवासी अनिल भट्टराईले पनि रु ५ हजार दिएको क्षितिज नाट्य समूहका अध्यक्ष कल्पितले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्