कुमरखोद, फागुन १५ । झापा गाउँपालिका वडा नं ३, ६ र ७ मा अवस्थित रहेको रानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुनः नरेन्द्रकुमार आङ्दम्बे निर्वाचित भएका छन् ।

अध्यक्ष पदको लागि २ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्ष पदका लागि नरेन्द्रकुमार आङ्दम्वे र रामप्रसाद उप्रेती , उपाध्यक्षमा प्रेमप्रसाद गणेश र हस्तबहादुर बोहरा , सचिवमा रञ्जिता खड्का र रमादेवी कार्की रहेका थिए । यसैगरी टोल समिति सदस्यहरुमा टोल नं १ मा दिप श्रेष्ठ र सकलदेव हलवाई , टोल ६ मा तोमप्रसाद पनेरु र प्रेमबहादुर कार्की वडा ७ मा धर्मप्रसाद घिमिरे र भिमादेवी प्रसाई चुनावी मैदानमा उत्रेका थिए ।

मतगणना अनुसार नरेन्द्रकुमार आङ्दम्बे ३९५ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रामप्रसाद उप्रेतीले ३६५ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा हस्तबहादुर बोहरा ४१२ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रेमप्रसाद गणेशले ३२० मत पाएका छन् । सचिवमा रञ्जीता खड्काले ३५५ मत ल्याई विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी रमादेवी कार्कीले ३५४ मत पाएकी छन् । कोषाध्यक्षमा गीता भण्डारीले ३९० मत ल्याई विजयी हुँदा उनका प्रतिद्धन्दी अञ्जना कार्कीले ३२० मत पाएकी छन् ।

त्यसैगरी टोल समिति सदस्यहरुमा टोल नं १ मा सकलदेव हलवाई ९१ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिप श्रेष्ठले ८७ मत पाएका छन् । टोल नं. ६ प्रेमबहादुर कार्की ४४ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी तोमप्रसाद पनेरुले २१ म्त ल्याएका छन् । टोल नं. ७ मा धर्मप्रसाद घिमिरे ४५ मत ल्याई विजयी भएका छन् उनका प्रतिद्वन्द्वी भिमादेवी प्रसाईले ३३ मत पाएकी छन् ।
रानी सामुदायिक वन उपभोक्ता समितिमा ८ सय ७० मतदाता संख्या रहेको छ । निर्वाचनमा ८ सय १ मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्