कुमरखोद, फागुन १५ । राजवंशी समाज विकास समिति झापा गाउँपालिकाको अध्यक्षमा पुनः तेजनारायण राजवंशी सर्वसम्मत चयन भएका छन् ।

डिल्लीराज माविको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनबाट तेजनारायण राजवंशी दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । राजवंशीको नेतृत्वमा १५ सदस्यीय गाउँ कार्यसमिति सर्बसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा भगदेव राजवंशी , महिला उपाध्यक्ष मागवती राजवंशी , सचिवमा पर्वत राजवंशी , सहसचिवमा अरुणकुमार गणेश , कोषाध्यक्षमा गंगाकुमारी राजवंशी रहेका छन् । त्यसैगरी सदस्यमा सुर्जा राजवंशी , राप्ती राजवंशी, दिपक राजवंशी , झपटलाल राजवंशी , सुधिर राजवंशी , चम्पाकुमारी राजवंशी , ईन्द्रा राजवंशी र बबिता राजवंशी रहेका छन् ।

तेजनारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समिति जिल्ला अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार मोहनकुमार राजवंशी, जिल्ला सदस्य सामवती राजवंशी , जगन्नाथ राजवंशी , गौंरीशकर राजवशी, कोकिलप्रसाद राजवंशी , गोविन्द राजवंशीलगायतले मन्तव्य राख्दै नवनिर्वाचितलाई शुभकामना दिएका थिए । पर्वत राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रम देवेन्द्रचन्द्रसिंह राजवंशीले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्