झापा , फागुन १५ । युक्रेनमा रहेका नेपालीले उक्त देश छोड्ने क्रम सुरु भएको छ ।

जर्मनीको वर्लिनमा नेपाली दूतावासका अनुसार सीमा जोडिएका पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा नेपाली गइरहेका छन् । दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा १५ नेपाली पोल्यान्डमा, ३ स्लोभाकियामा, २ हंगेरीमा र १ नेपाली रोमानियामा प्रवेश गरेका उल्लेख छ । २३ नेपाली स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्