झापा, फागुन १५ । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ ।

एक करोड ५६ लाख ८४ हजार ७ सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् ।

साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा छुट्टै भवन निर्माण गरेसंगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जग्गा प्रदान गरेसंगै गाउँपालिकाले भवन निर्माण शुरु गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको समेत भवन निर्माण गरी उद्घाटन गरिएको बताए ।
गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसंगै सेवा प्रवाहमा समेत सहज हुने उनले बताए । भवन निर्माणका लागि स्थानीयदाता नागेन्द्रप्रसाद राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी,चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए ।

झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीसहित नेपाली कांगे्रसका तर्फबाट सागीरथ गणेश, नेकपा एमालेबाट गजेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाई, वडा नम्वर २ का वडाध्यक्ष नेत्रबहादुर खड्का , ६ नम्वर वडाध्यक्ष हरिबहादुर वानिया, समाजसेवी विश्वनाथसिंह राजवंशी, नेपाल शिक्षक महासंघका तर्फबाट जगन्नाथ राजवंशी, नेपाल रेडक्रस सोसाइटी कुमरखोदबाट सुन्दरलाल गणेश, एनआइसी बंैकका तिलक शर्मा दुलाल , राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट विष्णु महत्तोलगायतले बोलेका थिए ।
भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्