झापा , फागुन १६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुग्सहित मेचीनगरबाट एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ५.३० बजे मेचीनगर ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलाम माईजोगमाई १ बस्ने २३ वर्षिय जोसेफ थापालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्