पथरीशनिश्चरे, फागुन १७ । नगरक्षेत्रका खेलाडीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले फागुन १९ गते बिहिबारदेखि पथरीशनिश्चरे प्रिमियर लिग हुने भएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका पथरीशनिश्चरे फुटवल प्रिमियर लिगको खेल तालिका गत १ गते नै सार्वजनिक गरिएको हो ।
आयोजकद्वारा सार्वजनिक तालिकाअनुसार ग्रुप ‘ए’ अन्तर्गत फागुन १९ गतेको उद्घाटन खेल वाई.जी.एफ.टी. र शिखर एफ.सी.बीच हुनेछ ।

यस्तै, फागुन २० गते १० नवोदय एफ.सी. र वाई.एफ.सी.बीच खेल हुनेछ । यसैगरी , ग्रुप ‘बी’ अन्तर्गत फागुन २१ गते देवीगञ्ज र सिरिजंघा एफ.सी.हुनेछ भने फागुन २२ गते न्यू स्टार एफ.सी. र द रियल ब्रदर्शबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै , ग्रुप ‘ए’ अन्तर्गत फागन २३ गते वाई.जी. र १० नवोदय, फागुन २४ गते शिखर र वाई.एफ.सी.,ग्रुप ‘बी ’अन्तर्गत फागुन २५ गते देवीगञ्ज र न्यू स्टार, फागुन २६ गते सिरिजंघा र द रियल ब्रदर्श, ग्रुप ‘ए’ अन्तर्गत फागुन २७ गते १० नवोदय र शिखर, फागुन २८ गते वाई.जी.एफ.टी. र वाई.एफ.सी., ग्रुप ‘बी’ अन्तर्गत फागुन २९ गते न्यू स्टार र सिरिजंघा, फागुन ३० गते देवीगन्ज र द रियल ब्रदर्शबीच आमने सामना हुनेछन् ।
यसैगरी , चैत्र –२ गते पहिलो सेमिफाइनल खेल ग्रुप ‘ए’ को विजेता र ग्रुप ‘बी’ को रनरअपबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल चैत्र– ३ गते ग्रुप ‘बी’ को विजेता र ग्रुप ‘ए’ को रनरअप बीच खेल हुनेछन् । यस्तै, लिगको फाइनल खेल चैत्र ५ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट फरवार्ड, हाई स्कोरर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लबलाई तयारीका लागि ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्