एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले संसदलाई संबोधन गर्दै रूसको सबै उडानले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नसक्ने बताएका छन् ।

उनले प्रतिबन्ध लगाइएका विमानमा रूसी उडानको सबै प्रकारका कमर्शियल र निजी उडान रहेको बताए । यसअघि त्यस किसिमको कार्वाही युरोपेली राष्ट्र र क्यानडाले शुरु गरिसकेका छन् । बाइडनले त्यस किसिमको प्रतिबन्धले रूसको अर्थव्यवस्थामाथि दवाव पर्ने दावी गरेका छन् ।