झापा , फागुन १८ । सुनसरीको गढी गाउँपालिका-६मा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी-६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगरको बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।