झापा , फागुन १८ । निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।
आयोगले वैशाख १० गतेसम्म कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निणर्य गरेको हो । कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यामा राख्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आयोगले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार नेपालमा हिजोसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो डोज र ५९.९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।