पथरीशनिश्चरे, फागुन १८ । मोरङको पथरीशनिश्चरेमा विभिन्न तालिम संचालन भएको छ ।

वडा नं. ४ मा ५ दिने बाख्रा–बँगुरपालक सीप विकास तालिम र वडा नं ९ का आदिवासी जनजातिका लागि ७ दिने जिप्सन फेव्रिकेटर तालिम सम्पन्न भएको छ । यसैबीच वडा नं ८ मा ५ दिने दालमोट भुजिया तालिम सुरु भएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा संचालित बाख्रा–बंगुर पालक सीप विकाससम्बन्धी ५ दिने तालिमको ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले समापन गर्दै वडाबासीलाई उद्यमी बन्ने कुरामा लागिपर्न आग्रह गरे ।
तालिमका सहभागीहरुबाट गठन भएको हरियाली समूहका अध्यक्ष भूपाल राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालसहितले तालिमको सहजीकरण गरेका थिए । ४१ हजार ५ सय ५० रुपैयाँ बजेटमा संचालित तालिममा २२ जनाको सहभागिता रहेको वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्कीले जानकारी दिइन् ।

त्यस्तै, वडा नम्बर ९ को बजेटमा आदिवासी जनजातिका लागि जिप्सन फेव्रिकेटरसम्बन्धी १ हप्ते तालिम पनि समापन भएको छ । जिप्सनमा ९ नम्बर वडाका १० जनाको सहभागिता रहेको थियो ।
त्यस्तै ८ नम्बर वडा सदस्य सृजना घिमिरेको अध्यक्षतामा ५ दिने दालमोट भजिया तालिम सुरु भएको छ । १० जना सहभागी रहेको तालिमका लागि ५४ हजार ६ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत लघु उद्यमका विभिन्न कार्यक्रम संचालित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्