भद्रपुर, फागुन १८ । साहित्यकार तथा समालोचक चुडामणी रेग्मीलाई नरोत्तम रत्न स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ ।

गत फागुन ७ गते रेग्मीलाई सम्मान गर्ने भनिएता पनि स्वास्थ्यमा समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि बुधवार उनकै निवासमा सम्मान गरिएको हो । सम्मानसंगै २० हजार नगद प्रदान गरिएको छ ।

साहित्यकार पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य,गीतकार गणेश रसिकको विशेष आतिथ्यमा भएकोे कार्यक्रममा आरती पोखरेल, भुवन ढुंगानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार चन्द्र भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्