पथरीशनिश्चरे , फागुन १८ । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपमा त्रिभुवन आर्मी क्लब विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लव ४–१ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको पहिलो हाफको ३ मिनेटमै आफ्नो टिमलाई अग्रता दिलाएका त्रिभुवन आर्मीका जर्सी नं २३ का टेकबहादुर बुढाथोकीले पुनः १० मिनेटमा अर्को गोल गरेका थिए भने पहिलो हाफकै ११ मिनेटमा आर्मी क्लबका जर्सी नं ४ को चुनबहादुर थापाले पुनः अर्को गोल थपेपछि प्रतियोगिताको पूर्वाद्धमा त्रिभुवन आर्मी क्लबले ३ गोल गरिसकेको थियो । पहिलो हाफकै २४ मिनेटमा विराट– मेघा स्पोर्टस क्लब मोरङका जर्सी नं ७ का भक्तबहादुर भण्डारीले गोल गर्दै गोल अन्तरलाई कम गरेका थिए ।

खेलको दोस्रो हाफमा पुनः अर्को गोल गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँका जर्सी नं १० का राजीव गुरुङले आफ्नो टिमलाई ४–१ को फराकिलो जित दिलाउन सफल भए ।
बुधवारको खेलको मेन अफ द म्याच विजेता टिमका टिम क्याप्टेन चुनबहादुर थापा घोषित भए । गुरुङले नगद ५ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गरेका छन् ।

विहीवारको खेल बुद्धभूमि भेट्रान्स रूपन्देही र भारतको सिक्किम भेट्रान फुटबल क्लबबीच हुनेछ ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल , ट्रफी पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्