बिर्तामोड, फागुन १९ । महिला सञ्जाल बिर्तामोड १० को आयोजनामा वडाभित्रका विपन्न तथा लोपोन्मुख समुदायका महिलाहरुमा स्वास्थ्य सचेतना जगाउने उद्देश्यले सञ्चालित तीनदिने तालिम बिहीबार सम्पन्न भएको छ ।

वडामा गठित टोल समितिलाई आधार मानेर फरकफरक तीन स्थानमा सञ्चालन गरिएको सचेतना शिविरमा १३ वर्षदेखि ४५ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष खिलेश्वरी पाण्डेले जानकारी दिइन् ।

महिला सञ्जालकी अध्यक्ष पाण्डेको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य गीता घिमिरे, वडा सदस्यहरु अर्जुन सिटौला, भक्तसिंह राजवंशी, दिपिका शिवा, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नगर परिषद सदस्य घिमिरे, प्रशिक्षक प्रकृति खड्का, सहभागीका तर्फबाट बन्दना ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्षित समुदाय र समूहका दुई सयबढी सहभागी कार्यक्रममा महिलामा हुने स्वास्थ्य समस्याबारे प्रशिक्षण दिइएको थियो । सचेतनासंगै सहभागीलाई महिला सञ्जालले गतवर्ष तालिम सञ्चालन गरेपछि तालिम लिएका महिलाहरुले उत्पादन गरेका हेण्डमेड तथा मेडिकेटेड सेनेटरी प्याडलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्