माईजोगमाई, फागुन २० । शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ ।

त्यसअन्तर्गत हिजो चार खेल सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद विकास समितिको आयोजनामा गत शिवरात्रीबाट शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा माईजोगमाई गाउँपालिकासहित २० टिमले सहभागिता जनाएका छन् ।

रेड डेविल्स नयाँबजार र वाइएफसी सुलुबुङबीच हिजो भएको पहिलो खेलमा नयाँबजारलाई एकका विरुद्ध ९ गोलको फराकिलो अन्तरले पराजित गरी सुलुबुङ बिजयी बनेको छ । दोस्रो खेलमा डेबिडाँडा युथ क्लव अनुपस्थित भएपछि श्रीजङ्गा समाज प्याङ २ र साउदेन टिम सुलुबुङबीच प्रतिष्पर्धा भएको थियो । सो खेलमा साउदेन टिम सुलुबुङलाई एकका विरुद्ध ५ गोल गरी श्रीजङ्गा समाज प्याङ २ दोस्रो चरणमा पुगेको हो ।

हिजो भएको तेस्रो खेलमा आयोजक ‘बी’ ले खेलमा सहभागिता नजनाएपछि आइएफसी जमुना वाकओभरबाट बिजयी बनेको छ ।
पहिलो चरणको अन्तिम खेलमा सुनखरी खेल संघ जमुना र राईजिङ स्टार प्याङ ६ बीच प्रतिष्पर्धा भएको थियो । सो खेलमा राईजिङ स्टार प्याङ ६ लाई ४ का विरुद्ध ५गोल गरी सुनखरी खेल संघ जमुना दोस्रो चरणमा प्रवेश गरेको छ ।

आजबाट दोस्रो चरणको खेल हुने आयोजक समितिका सचिव भोगेन्द्र ढकालले जानकारी दिएका छन् । खेलको बिजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्