झापा, फागुन २० । उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ ।

सुत्केरी व्यथा लागेपछि तीन दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको आज बिहान २ बजे मृत्यु भएको हो । मृत्युको कारण अस्पतालले अहिलेसम्म सार्वजानिक गरेको छैन । मृतकका आफन्तले भने अस्पतालको चरमलापरवाहीले मृत्यु भएको बताएका छन् । बिरामीसँगै अस्पतालमा रहेका आफन्तले सुत्केरी व्यथा लागेपछि डिउटीमा रहेका महिला कर्मचारीलाई डाक्टर बोलाउन पटक-पटक आग्रह गर्दा एक पटक पनि डाक्टर नबोलाइदिएका कारण मृत्यु भएको बताएका छन् । मृतककी बहिनी सुमित्रा पोखरेल कार्कीले भनिन् , ‘बच्चा जम्माउन नसकेपछि दुई पटकसम्म बेहोस भएर दिदी ढल्नु भयो, हामीले यहाँ उपचार सम्भव नभए बाहिर लैजान्छौ भन्यौं तर लैजान पनि दिइएन, डाक्टर पनि बोलाइएन ।’ ‘थप उपचारका लागि बाहिर लैजानसमेत नदिने’, उनले भनिन्, ‘कम्तिमा बाहिर लगेको भए बिरामी बचाउन सकिन्थ्यो, यो हदसम्मको लापरवाही क्षम्य छैन, त्यसैले कारवाही हुनु पर्दछ ।’ सँगै उपचार गराउँदै गरेकी अर्की महिलाले विरामीलाई उदृत गर्दै भनिन्, ‘म प्रसव पीडामा छु, सामान्य अवश्था बच्चा जन्माउन सक्दिनँ, अप्रेसन गरिदिनुस् ।’ कार्कीको यो तेश्रो सन्तान हो । उनका यसअघिका दुई वटै छोरी छन् । मृतक कार्कीको शव अहिलेसम्म बेडमै छ । ६ घण्टा बितिसक्दासमेत आफन्तलाई शव बुझाएका छैनन् । आफन्तले लापरवाही गर्ने डाक्टरलाई कारवाही र क्षतिपुर्ति नभएसम्म शव नबुझ्ने बताएका छन् । घटनाको विषयलाई लिएर अस्पताल व्यवस्थापन समितिको बैठक जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्