झापा , फागुन २० । मोरङ मिक्लाजुङ्ग गाउँपालिका-८ का २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउसो २ बजे मोरङ मिक्लाजुङ्ग गाउँपालिका -२ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्