पथरीशनिश्चरे, फागुन २१ । यसअघिका दुईवटा लकडाउनमा मात्रै ४ वटा खोजमुलक पुस्तक प्रकाशित गरी आफूलाई नेपालमै अव्वल सावित गरेका युवा लेखक तथा पत्रकार दिपेन्द्र तिमिल्सिनाले “इतिहासमा पथरीशनिश्चरे” नामक अर्को ऐतिहासिक पुस्तक प्रकाशन गरेका छन् ।


पथरीशनिश्चरे नगरपालिकामा जन्मेर पथरीशनिश्चरे नगरक्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएका लेखक तथा पत्रकार तिमिल्सिनाले भर्खरै मात्र ८औ कृतिको रूपमा “इतिहासमा पथरीशनिश्चरे”लाई पाठकमाझ ल्याउन सफल भएका हुन्।

दुई दशक पथरीशनिश्चरे नगरक्षेत्रमा रही मोफसल पत्रकारिताको अनुभव संगालेका लेखक तिमिल्सिनाले हालसम्ममा पथरीशनिश्चरे नगर एक चिनारी–०७७ ,जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म–०७७, जेसीज दस्तावेज दोस्रो संस्करण–०७८ तथा धिमाल जातिको इतिहास( विगतदेखि वर्तमानसम्म –०७८ ) , मोरङ क्षेत्र नं २को चिनारी–०७०, मोरङका सामुदायिक वन एक चिनारी –०६९ लगायतका विभिन्न ८ वटा खोजमूलक पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
साईकलमा चढेरै शहर र गाउँका दुरदराज पुगी पथरीशनिश्चरे क्षेत्रको ऐतिहासिक तथ्यलाई संकलन गरेका लेखक तिमिल्सिनाले सो अनुसन्धानमुलक पुस्तकमार्फत सार्वजनिक गरेका हुन्।
साहित्यकार रोहिणीप्रसाद घिमिरेले सम्पादन गरेको ३ सयबढी पृष्ठको सो ऐतिहासिक पुस्तक प्रकाशनका लागि पथरीशनिश्चरे –२का समाजसेवी बाबुराम राईले सहयोग गरेका थिए भने झापाको दमकस्थित स्रष्टा छापाखानाले मुद्रण गरिदिएको छ ।

यस पुस्तकभित्र विभिन्न विषयसूचीमार्फत पथरीशनिश्चरे नगरपालिकाको इतिहासलाई सार्वजनिक गरिएको लेखक तिमिल्सिनाले जानकारी दिए । लेखकले देहायका शीर्षकमा ऐतिहासिक तथ्यलाई प्रमाणित गरिदिएका छन्।
पथरीको इतिहास , कुशलचौक बजार,हसन्दहको इतिहास, शनिश्चरेको इतिहास, साविक पथरीको पञ्चायत, शनिश्चरेको पञ्चायत, हसन्दहको पञ्चायत, नगरमा पहिलोपटक निर्वाचित जनप्रतिनिधिहरू , पथरीका पूर्व गाविस अध्यक्षको निधन, तिलक बान्तवाको नाममा प्रतिष्ठान स्थापना, पथरीमा विद्युत पहिले मिलबाट तानेको , सिएम कन्दङ्वाको स्मृतिग्रन्थ प्रकाशन , माओवादी द्वन्द्वमा नगरमा मारिएका व्यक्तिहरु, सुकुम्बासीलाई जग्गा वितरण गर्यौं,. पथरीशनिश्चरे नगरकै पहिलो पक्की घर , कुन–कुन ठाउँको नाम कसरी रहयो? ,नगरभित्र रहेका क्याम्पस÷सरकारी विद्यालय ,पथरीमा नयाँ सुरूवात गर्ने , विशिष्ट तहमा पुग्ने नगरका व्यक्ति र समाजसेवीहरु , नगरमा रहेका उद्योग र तिनको इतिहास, पथरी शनिश्चरेमा विभिन्न समयमा भएका आन्दोलनहरु,नगरभित्र रहेका निजी विद्यालयहरु , पथरी शनिश्चरेमा रहेका पार्टीहरुको इतिहास, सूर्य भण्डारीको रहस्यमय निधन , राम कार्कीको रहस्यमय हत्या, विभिन्न विद्यामा चर्चित नगरका व्यक्तिहरु, विभिन्न विषयमा विद्यावारिधि गर्नेहरु, मेडिकलमा एम.डी हुनेहरु , सुरक्षा निकायको उच्च तहमा पुग्ने नगरका व्यक्ति, विविध क्षेत्रमा पुगेका नगरका व्यक्तिहरु, साठी वर्ष पुरानो ऐतिहासिक काठको घर, पथरी शनिश्चरेका कलाकारहरु पथरीशनिश्चरे –जिरिखिम्तिका डम्बरकृष्ण श्रेष्ठ देशकै चर्चित पत्रकार, खेलकुद क्षेत्रमा पथरी शनिश्चरेको इतिहास र वर्तमान, पर्यटन आकर्षण गर्दै नगरका सामुदायिक वन आफूलाई अब्बल महिला रेफ्री बनाउने अभियानमा जमुना, फुटबलमा इतिहास रच्दै पथरी शनिश्चरे , पथरीको सुरक्षा – तुरुङदेखि इलाका प्रहरी कार्यालयसम्म, पथरीमा पटक–पटक आगलागी., पथरी शनिश्चरेको पत्रकारिता विगत र वर्तमान, सामुदायिक वनहरु, नगरमा रहेका सहकारी संस्थाहरु, मोरङ हस्पिटल प्रालि, पथरी हस्पिटल प्रालि र दूरसञ्चार, पथरी शनिश्चरेको विकासमा कार्यरत बाह्य संघ–संस्थाहरु , सिमसारको सहर बनाउने अभियानमा पथरीशनिश्चरे, पथरीको शान्ति वनमा बन्यो आकर्षक पार्क , नगरमा रहेका सालिक , कर्म खोज्दै धरान पत्रकार ! , पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे सुनचाँदी व्यवसायी संघ , टिकटकले चर्चित बनेको नगरको सेल्फी रोड, यातायात व्यवसायी र संघ–संस्थाहरु , पथरीशनिश्चरेमा धिमाल जातिको इतिहास, आफ्नै कार्यालय भवन भएका सहकारी संघ–संस्थाहरु कार्यालय, पशु अस्पताल, स्थानीयवासीहरुद्वारा नगर अस्पताल, तिलक बान्तवा स्मृतिग्रन्थ विमोचन, सपिङ कम्प्लेक्स निर्माणको लागि सम्झौता, पथरी खानेपानी उपभोक्ता समिति, फोटो फिचरहरु यस पुस्तकमा समेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्