दाजु झापा गोल्डकपको सदस्य कसरी बन्न सकिन्छ भनेर सोध्ने साथीहरुको फेसबुकमा म्यासेज, मोवाइलमा फोन आउँदा म छक्कै परेँ ।

झापा जिल्ला देशमै प्रचलित र विकसित जिल्लामा पर्दछ भने झापालीहरु देशमा मात्र हैन विदेशमा पनि चर्चामा रहन्छन् । विश्मा सबैभन्दा लोकप्रिय खेल फुटबल पर्दछ । के बालक के युवा के बृद्ध सबैको रोजाई फुटबल हुने गर्दछ । विगत पाँच बर्षदेखि संचालनमा रहेको झापा गोल्डकप मोफसलको सबैभन्दा बढी चर्चित गोल्डकपमा पर्दछ । सचिवालयमा सदस्य बन्नेको उपस्थितिले पनि हामी आयोजकलाई हौसला मिलेको छ ।

२०७५ सालमा चौथो गोल्डकप गरिएको थियो भने दुई बर्ष कोरोनाको कारणले गर्दा गोल्डकप गर्न पाईएको थिएन । आज २०७८ साल फागुन २१ गते स्थापनाको पाँचौ बर्ष पुगेको छ भने आजदेखि पाँचौ गोल्डकपको सुरुवातको रौनक अहिले झापामा मात्र हैन, देशभरिका फुटबल फ्यानलाई लागेको छ । पहिलो गोल्डकपबाट नै झापा गोल्डकपको रौनकता छाएको थियो भने पाँचौ गोल्डकपसम्म आईपुग्दा चर्चा र रौनकता अत्यधिक भएको सदस्यता लिने उत्सुकताले पनि अनुमान गर्न सकिन्छ । फुटबल खेल्न जति रमाइलो हुन्छ , हेर्दा उत्ति नै मज्जा आउँछ ।

चोक–चोकको पसल ,चिया घुम्तीमा मानिसको गफ सुन्ने भने चुनाव लागेको आभास हुन्छ भने, नेताहरुलाई यो चुनावमा आफूले फेरि टिकट पाइने हो कि हैन भन्ने कुराले सताएको होला । सबैलाई आ–आफ्नो धुन छ । कोरोनाले थला पारेको आर्थिक क्षेत्रमा अव त कोरोना सकियो होला । पहिलाकै अवस्थामा व्यापार व्यवसाय होला भन्ने आशमा व्यापारीहरु यो तरलताको अभाव भएता पनि व्यवसायमा थप पँुजीको जोहो गर्दै होलान् । घरमा नै बसेर केटाकेटीलाई अनलाईन शिक्षा दिइरहँदा केटाकेटीहरुलाई मोवाइल , ल्यापटप,कम्प्युटरबाट शिक्षा दिँदा स्कुल नपठाउँदा पनि स्कुलको फि तिर्नु परेको पीडा । आजित भएका अभिभावकहरुलाई स्कुल खुल्ला हुँदा आफ्ना बालबालिकालाई स्कुल पठाउन पाउँदा केही हदसम्म भए पनि मोवाईलबाट टाढा बालबच्चा हँुदा राहतको सास फेरेको महसुस भएको होला । हरेक क्षेत्र कोरोनाले थलिएको अवस्थामा पाँचौ गोल्डकपले आम मानिसमा खुसी छाएको छ । दुखपछि सुख आउँछ भनेझै कोरोनाको कहरपछि यो झापा गोल्डकपले आम मानिसको जीवनमा खुसी ल्याएकोे छ ।

फुटबल खेल भनेको टिम वर्क हो । हरेक खेलाडीको आफ्नो आफ्नो जिम्मेवारी छ । हरेकले आ–आफ्नो जिम्मेवारीमा अव्वल खेल्दै समूहको प्रयासले टिमलाई जिताउन प्रयासरत रहन्छन् । अनुशासित भएर नियमभित्र रहेर खेल्नु पर्ने खेल हो फुटबल । खेल ९० मिनेटको भएता पनि यसबाट हामी मानिसहरुले व्यवहारिक जीवनमा धेरै सिक्न सक्छौै । जसरी खेलमा खेलाडीले टिमवर्क गरेर आफ्नो टिमलाई जिताउन प्रयासरत रहन्छन् , सोही अनुरुप आजको गोल्डकपको रौनक हेर्दा सबै साथीभाइहरु पाँचौ गोल्डकप सफल बनाउन आफ्नो आफ्नो क्षेत्रबाट आर्थिक रुपमा या सामाजिक रुपमा वा व्यक्तिगत रुपमा लागेको देख्दा बिर्तामोडबासीले गर्व गर्नु पर्छ ।

बिर्तामोडलाई सजाइएको छ भने डोमालाल रंगशालालाई भरिभराई गरिएको छ । झापा गोल्डकपलाई सफल बनाउन राजनीतिक दलहरुले एकै ठाउँमा बसेर सहयोग गरिरहेका छन् । व्यवसायीले गच्छे अनुसारको सहयोग गरेका छन् । युवाहरु स्वर्तस्र्फुत रुपमा स्वयंसेवी भएर खटेका छन् । पत्रकारको सहयोग उत्तिकै छ । दाता दानवीरको सहयोग बढ्दो छ । म त छुटे कि † झापा गोल्डकपको सदस्य बन्न ? भन्ने भान युवा वर्गमा पर्न थालेको छ । मैले के सहयोग गर्नु पर्ने हो ? युवा वर्गको प्रश्न छ । युवा–युवामा भाइचाराको सम्बन्ध झापा गोल्डकपले बनाएको छ ।

सानो ठूलो धनी गरिव सबैको समानता यसमा देखिएको छ । उद्योगीहरुको उत्सुकता ,खेलप्रेमीको कौतुहलता झापा गोल्डकप हुँदै गएको छ । झापा गोल्डकपको रौनक अनेकतामा एकता भएको छ । कयौ गेट निर्माण भएको छ । खेलाडीहरु मैदानमा उत्रिदैछन् । आयोजकको रौनकता हेर्दा खेलाडीहरुमा आत्मविश्वास बढ्दो छ । झापा गोल्डकपको खेलमैदान देखेर आम दर्शक लोभिदैछन् । अन्तर्राष्ट्रिय स्तरको खेल मैदान आफ्नै गाउँ ठाउँमा देख्दा झापाबासीले गौरवान्वित महसुस गरेका छन् । झापालीको एकता यो गोल्डकपमा देखिन्छ । बिर्तामोडबासीको साथ सहयोग झापा गोल्डकप सफलताको कडी मान्न सकिन्छ ।

आज कयौं देशको नाम हामीले खेलको माध्यमबाट सुन्ने गर्दछौ । खेल र खेलाडीले गर्दा देशको नाम उच्च बनेको कयौ देशहरु छन् । आज झापालीहरु अव्वल र उत्कृष्ट छन् भनिरहँदा हामीमा झापा गोल्डकपलाई सफल बनाउने जिम्मेवारी पनि छ , त्यसैले हामी सबै झापाली एकजुट बनौं । झापा गोल्डकपलाई स्वदेशमा मात्र हैन विदेश,अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बनाऔं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्