भद्रपुर, फागुन २१ । भद्रपुर १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता र संघीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद भेलामार्फत साधारणसभा सम्पन्न गरिएको हो ।

अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले एक करोड ७७ लाख २५ हजार ३६४ रूपैया वार्षिक आय तथा एक करोड ४५ लाख ६८ हजार ९३२ खर्चसहित ३१ लाख ५६ हजार ४३२ रकम सञ्चित रहेको विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, नेकपा एमालेका जिल्ला उपसचिव असारू राजवंशी, माओवादी भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेल, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ७ का वडाध्यक्ष गौरव सुब्बा मनोज, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, संस्थापक अध्यक्ष लेखनाथ निरौला, पूर्व अध्यक्ष अम्बरबहादुर कार्की, चन्द्रगढी दोस्रो खानेपानी समितिका अध्यक्ष चुडामणि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्