बिर्तामोड , फागुन २२ । बिर्तामोडको भद्रपुर रोडमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

भद्रपुर रोडस्थित न्यू नमस्ते फास्ट फूड एण्ड सेकुवा कर्नरको पछाडीपट्टि रहेको रामप्रसाद शाहको घरमा आगलागी भएको हो । शाहको घरमा भाडामा बस्ने ग्वालाको कोठाबाट ग्यास लिक भएर सो आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोस आचार्यले बताए । आगलागीबाट शाहाको ६ कोठा र टिनको छानो भएको पक्की घर क्षतिग्रस्त भएको छ भने घरभित्रका मालसामान जलेर नष्ट भएका छन् । दिउँसो १ बजे शुरु भएको आगलागी बिर्तामोड , भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा दिउँसो पौने २ बजे नियन्त्रणमा आएको डिएसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्