झापा , फागुन २३ । सुनसरीको धरान उप-महानगरपालिका-१५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाँइते भइका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्