पथरीशनिश्चरे ,फागुन २४ । मोरङको सुनवर्षी २ अमरदहमा संचालित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपको चौथो संस्करणको उपाधि मानेभञ्ज्याङ भेट्रान फुटबल क्लब दार्जिलिङले चुमेको छ ।

मंगलबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरूद्ध दार्जिलिङको मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबका जर्सी नं १६ का राजा रावतले दोस्रो हाफको २० मिनेटमा निर्णायक गोल गर्दै आफ्नो टिमलाई १–० को अन्तरले विजयी गराएका हुन्।

आजको म्यान अफ दि म्याच मानेभञ्ज्याङका जर्सी नं १६ का राज रावत घोषित भए। उनलाई नगद ५ हजारसहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरियो।

यसैगरी, चोथौ ढल्केजोवन गोल्डकपकै पहिलो ह्याट्रिक गर्ने त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं २३ का टेकबहादुर बुढाथोकीलाई बेष्ट स्कोरको टाईटल दिइएको छ । उनलाई २१ हजार नगदसहित सम्मान गरियो । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मानेभञ्ज्याङ दार्जिलिङका समीर प्रधान ,वेष्ट गोलरक्षक उर्गेन शेर्पालाई २१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र सहितले पुरस्कृत गरियो ।

यसैगरी , वेष्ट डिफेन्डर आर्मीका युद्ध शाहीलाई नगद १६ हजार रुपैयाँसहित पुरस्कृत गरियो।
‘अमरदह ढल्केजोवन युवा क्लबको ज्ञान, एकता मित्रता सदभाव सुनबर्षीको पहिंचान’ भन्ने मुल नाराका साथ सुनबर्षी नगरको शानको रुपमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कपमा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्