पथरीशनिश्चरे, फागुन २४ । पथरीशनिश्चरे नगरपालिका कार्यालयले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नगरस्तरीय रक्तदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना बिष्ट बाँस्तोलाले यस्ता दिवस भाषण गरेर मनाउनुभन्दा मानिसलाइ जीवन बचाउने रगतको दान गर्नु उचित लागेर यस्तो कार्यक्रम राखिएको बताइन् । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेलसहितको उपस्थिति रहेको थियो । रक्तदातालाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा नगरस्तरीय महिला फेडेरेशन, अखिल नेपाल महिला संघ, युवा संघको संस्थागत उपस्थितिमा ३३ पिन्ट रगत संकलन भएको छ । सो रगत रेडक्रस मोरङ विराटनगरमा जम्मा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्