बिर्तामोड , फागुन २४ । विवेकशील साझा पार्टीको तर्फबाट बिर्तामोडको मेयरमा मेदनी प्रसाई उठ्ने भएका छन् ।

विवेकशील साझा पार्टी झापाको बिर्तामोड नगरस्तरीय भेलाले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहकोे निर्वाचनमा विवेकशील साझा पार्टी झापाका संयोजक प्रसाईंलाई बिर्तामोडको मेयर पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

प्रसाईले एक अपिल जारी गर्दै विकृत राजनीतिलाई सुसंस्कृत राजनैतिक अभ्यासमार्फत विस्थापित गर्दै देशको सामाजिक आर्थिक रुपान्तरण गर्ने उद्धेश्यले वैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापित विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै मूल्य र मान्यतामा आधारित राजनीति गर्दै आएको बताउँदै स्थानीय तहको निर्वाचनको घोषणासंगै पार्टीले स्थानीय तहमा हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकका समस्या समाधानार्थ पार्टीको तर्फबाट आफूले उम्मेद्वारी दिने निर्णय गरेको उल्लेख गरेका छन् ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्