झापा , फागुन २५ । झापाका २ छुट्टाछुट्टै स्थानबाट निशेधित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो २ बजे भद्रपुर नगरपालिका-५ नँया बजारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारा निजगढ नगरपालिका-९ का २६ बर्षीय प्रकाश खुलाल , बझाङ सुर्मा गाउँपालिका-३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम-४५० ट्याबलेट, ट्रामाडोल-१६ क्याप्सुलसहित नियन्त्रणमा लिएको हो । त्यसैगरी सोहि समयमा झापा अर्जुनधारा-११मा पुर्ब पश्चिम सडक खण्डमा अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश १-०१-००२ह १०१ नम्बरको अटो ट्याम्पुलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल , डाईजेपाम-२०० र नाईट्राभेट-३०० ट्याब्लेट फेला पारी अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्