झापा , फागुन २६ । संखुवासभा जिल्लाको मादी नगरपालिका-६ मा बस दुर्घटनामा मृत्यु हुने १० जनाको पहिचान खुलेको छ ।

बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते ५ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपिन निरौला , मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई , मादी-५ का ४५ वर्षीय दीपक दाहाल , ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी -६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी , ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की त्य्स्तै अञ्जना कटुवाल मादी-६ र दिशा कटुवाल मादी ५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए । दुर्घटनामा मृत्यु भएका एक पुरुष, २ महिला र १ बालकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।
घाइतेको पहिचान
त्यस्तै, बस दुर्घटनामा घाइते ५ जनाको जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी-५ का सुवाष गोले, युवा पोख्रेल र मादी-६ का तुलसा कटुवाल, अम्बिका विक,डम्बर बहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका ५ जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर काठमाण्डौं लाने तयारी भइरहेको छ । आज बिहान संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। बाँकी चार जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्