पथरीशनिश्चरे, फागुन २६ । पथरीशनिश्चरे नगरमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको बिहीवारको खेलमा द रियल व्रोदर्सले ४–१ को अन्तरले विजय हासिल गर्दै ६ अंक जोडेको छ ।

श्रीजंगा एफसीविरुद्ध दि रियल व्रोदर्सले १ का विरुद्ध ४ गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएको हो । दि रियल व्रोदर्सका जर्सी नं ११ सेनेहाङ लिम्बुले पहिलो हाफको ६ र १० मिनेटमा २ गोल गरेका थिए । पुनः दोस्रो हाफको १४ औ मिनेटमा दि रियल व्रोदर्सकै जर्सी नं १८ का टिम क्याप्टेन तिर्थराज बस्नेतले अर्को १ गोल थप्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाए भने पुनः ३२ मिनेटमा जर्सी नं ९ अंकित लिम्बुले थप अर्को गोल गरी आफ्नो टिमलाई ४–० को अन्तरमा पुर्याएका थिए ।

खेलको अन्तिम ३७ औं मिनेटमा श्रीजंगा एफसीका जर्सी नं १९ पवन राईले सान्त्वना गोल फर्काए । बिहीवारको म्यान अफ द म्याच रियल व्रोदर्सका जर्सी नं–११ का सेनेहाङ लिम्बु घोषित भए । उनलाई ईन्ट्रा इन्टरनेशनल फाउण्डेसन अफ अमेरिकाको नेपालस्थित कार्यक्रम संयोजक राम बानियाँले उनलाई ट्रफी र मेडलसहित नगद ३ हजारले पुरस्कृत गरेका थिए ।
शुक्रवारको खेल टेन नवोदय एफसी र शिखर एसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्