बिर्तामोड , फागुन २६ । नेकपा ( एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यहरुलाई वडामा जिताउने संकल्पसहित विशेष जिम्मेवारी प्रदान गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/03/275550397_553242343066276_1354815793473082209_n.jpg)
पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यमा बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सबै टोल कमिटी बनाउने योजना ल्याएको छ ।
बैठकमा पार्टी प्रदेश कमिटी सदस्य विमल उप्रेती , पार्टी केन्द्रीय सल्लाहकार सदस्य नारायण उप्रेती ,समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख तिर्थ सिग्देलको उपस्थिति रहेको थियो । नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकको संचालन सचिव कृष्ण विष्टले गरेका थिए ।