झापा ,फागुन २६ । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका बाँकी १३ वटा पालिकामा समेत काम तीब्र रुपमा अघि बढाएको छ ।

यसअघि बुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकामा काम शुरु गरिसकेको आयोगले जिल्लाका बाँकी १३ वटा पालिकामा काम थालेको आयोगका अध्यक्ष तिलक पाण्डेले बताए । उनले अर्जुनधारा नगरपालिका , गौरादह नगरपालिका , भद्रपुर नगरपालिका , मेचीनगर नगरपालिका , बाह्रदशी नगरपालिका , बिर्तामोड नगरपालिका , हल्दिबारी गाउँपालिका , कचनकवल गाउँपालिका , कमल गाउँपालिका ,गौरीगञ्ज गाउँपालिका , झापा गाउँपालिका , शिवसताक्षी नगरपालिका , दमक नगरपालिकामा ३५ दिने सूचना जारी गरिएको जानकारी दिए ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी मिति फागुन २६ देखि ३५ दिनभित्र वडाका तोकिएका स्थानमा खटिएका लगत संकलनमार्फत पेस गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्