झापा , फागुन २७ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-९ गोराखानीको जंगलमा शंकास्पद वस्तु फेला परेको छ ।

वडा कार्यालयबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगलमा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा तारसहितका बस्तु भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार बिहीवार साँझ उक्त वस्तु भेटिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यादवको टोली उक्त स्थानतर्फ गएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न ओखलढुंगाबाट नेपाली सेनाको बम डिस्पोजल टोली झिकाइएको यादवले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्