झापा , फागुन २७ । झापाको मेचीनगर नगरपालिका -१२ कालिझोडाबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ बर्षीय अबि नारायण लिम्बु रहेका छन् । लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्