झापा, फागुन २७ । मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिमाणको लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्