झापा , फागुन २७ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ गोविन्दपुर–२ घर भई हाल मामा घर मेचीनगर .१२ बस्ने १९ वर्षिय अविनारायण लिम्बू रहेका छन् ।

बिहीवार दिउँसो ४.३० बजे मेचीनगर १२ कालिझोडा डाँडागाउँमा ईलाका प्रहरी कार्यालय बुधबारे र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले लिम्बूले आफ्नै कोठामा तौल गर्दै गरेको अवस्थामा २१.३८ ग्राम ब्राउनसुगर र डिजिटल मिनी तराजु बरामद गरेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्