झापा , फागुन २८ । प्रहरीले झापाको बुद्धशान्तिबाट करिब ७० लाख मूल्य बराबरको अवैध औषधिसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम सूर्योदय ३ बस्ने ३० वर्षिय सईन्द्र राई रहेका छन् । शुक्रवार साँझ ६.१५ बजे बुद्धशान्ति ४ मा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपी ल्याउँदै गरेको अवैध औषधिहरु बरामद भएको थियो ।

प्रहरीले गाडी,गाडी चालक राईलाई नियन्त्रणमा लिई ईप्रका धुलाबारीमा राखी अनुसन्धान गर्दा उक्त औषधिको मूल्य रु.६९ लाख ७७ हजार ९४४ र पिकअप गाडीको अन्दाजी मूल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९४४ रुपैयाँ मूल्य खुल्न आएकोले थप अनुसन्धानको लागि औषधि ब्यवस्था बिभाग शाखा कार्यालय कन्चनबारी विराटनगर मोरङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्