झापा , फागुन २८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेची पुलबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल ६ बस्ने ३४ वर्षिय दिपेन्द्र भण्डारी रहेका छन् ।

शुक्रवार दिउँसो २ बजे मेचीनगर वडा नं. ६ मेची पुल छेउमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भण्डारीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ८ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

उनलाई ईप्रका काँकडभिट्टामा राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्