देविका अधिकारी,
झापा । नेपाल महिला संघ झापा क्षेत्र नं ३ ‘ख’ प्रदेश को आयोजनामा विपन्न वर्गका १५ जना विद्यार्थीहरूलाई साईकल वितरण गरिएको छ।

गत तिहारको समयमा चिठ्ठा काट्ने कार्यक्रमबाट बचेको रकमले छात्राहरूलाई साइकल वितरण गरिएको हो ।
नेपाल महिला संघकी क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि तारा बाराकोटी प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा हल्दिवारी वडा नं ४ वडाध्यक्ष होम चुडाल, बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष दुर्योधन गुरुङ , प्रदेश ‘ख’ सभापति तुलसी ओली, केन्द्रीय महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी, क्षेत्रीय प्रतिनिधि भरत प्रसाईं, महिला नेतृ चन्दकला राई, जिल्ला सदस्य कुमारी शिवाकोटी, हल्दिवारी सचिव तारा ढुङ्गेल ,वडा नं २ का सभापति भिम फियाक, राम दुलाल, कृष्णकला राजवंशीलगायत अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि बाराकोटीले आउँदो स्थानीय तहमा बढीभन्दा बढी महिला सहभागिता गराउन अहिलेदेखि नै तयारीमा जुट्न आह्वान गरिन् । त्यस्तै नेतृ राईले अब महिलाहरु राजनीतिको मूलधारमा आउनु पर्ने भनाई राखेकी थिइन् भने नेता गोश्वामीले महिलाहरूले आफ्नो अधिकार खोसेर भए पनि लिनुपर्ने भन्दै नेतृत्व तहमा आउन आग्रह गरे । जनप्रतिनिधि भएर पनि स्थानीय तहमा अल्पमतका कारण चाहेजस्तो काम गर्न कठिन भएको भन्दै वडाध्यक्षद्वय गुरुङ र चुडालले अव चुनावको तयारीमा लाग्नुपर्ने विचार राखेका थिए ।

क्षेत्रीय सभापति ओलीले अव सक्रियताका साथ चुनावी मैदानमा होमिनु पर्ने भन्दै सबै कार्यकर्ताहरूलाई अबको दुई महिना पार्टीलाई समय दिन आग्रह गरे। क्षेत्रीय सभापति गौतमले महिलाहरु अघि बढ्न राजनीतिमा प्रतिस्पर्धामा आउनुपर्ने र महिलाहरूलाई नेतृत्व तहले विश्वास गर्नुपर्ने धारणा राखिन् । रत्ना राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन भिमा दाहाल र शोभा राउतले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्